
काठमाडौंमा नक्कली नोटसहित महिला पक्राउ
काठमाडौं- काठमाडौंबाट नक्कली नोटसहित एक महिला पक्राउ परेकी छिन् ।
काठमाडौं काँडाघारी बस्ने रामेछाप दिमपोखरी घर भएकी ४० वर्षीया सरिता तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरिएको हो ।
गोकर्णेश्वमर नगरपालिका–४ गोकर्ण हनुमान चोकबाट पक्राउ परेकी उनको साथबाट १ हजार दरको २४ थान नक्कली नेपाली नोट बरामद भएको प्रहरीले बताएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



कागजपत्र |
