गभर्नर अधिकारीविरुद्ध परेको रिटमा कारण देखाउ आदेश


काठमाडौं – गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ ।

न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो । साथै अन्तरिम आदेश दिने नदिनेबारे छलफल गर्न दुबै पक्षलाई झिकाउने आदेश भएको छ ।

रिट निवेदक अधिवक्ता दिपकराज जोशी भन्छन्, ‘कहिलेलाई भन्ने चाहिँ केहीबेरमा थाहा होला ।’

रिट निवेदकले गभर्नर अधिकारीको आधारभूत शैक्षिक योग्यता नेपाल राष्ट्र बैंक ऐन-२०५८ बमोजिम नभएको जिकीर गर्दै नियुक्ति बदरको माग गरेका छन् ।

 

प्रतिक्रिया