निगरानीका लागि विद्यालयले राखेका ९ सीसीटीभी क्यामेरा नै चोरी


कञ्चनपुर- कञ्चनपुरको एक विद्यालयले निगरानीका लागि राखेको ९ वटा सीसीटिभी क्यामेरा चोरी भएका छन् । दोधारा–चाँदनीको भानु माध्यमिक विद्यालयबाट ९ वटा क्यामेरा चोरी भएका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर सिजालीका अनुसार शुक्रबार राति ७ वटा सीसीटिभी क्यामेरा चोरी भएका छन् । एक साताअघि एक र करिब दुई महिनाअघि थप एक थान क्यामेरा चोरी भएको उनले बताए।

चोरी कार्यमा संलग्न तीन जनालाई सीसीटिभी फुटेजमा देखाएको छ । विद्यालयले चोरीबारे प्रहरीमा निवेदन दिएको छ ।

यस विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीले जनाएको छ।

प्रतिक्रिया