केपी ओली कप : आज उपाधिका लागि आर्मी र मधेश भिड्दै


काठमाडौं – पोखरामा जारी ‘केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी र मधेश प्रदेश आज भिड्ने भएका छन्।

आर्मी बागमती प्रदेशलाई हराएर फाइनलमा पुगेको हो। एपीएफलाई पराजित गरी मधेशले फाइनलमा स्थान पक्का गरेको हो ।

प्रतियोगिताको च्याम्पियन टोलीले पाँच लाख रुपैयाँ, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ। यसैगरी उपविजेताले दुई लाख ५० हजार रुपैयाँ, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार पाउनेछ।

प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद ३० हजार र बेस्ट बलरले २० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ।

प्रतिक्रिया