नक्कली नोटसहित वीरगञ्जबाट २ जना पक्राउ


वीरगञ्ज – नक्कली नोटसहित पर्साको वीरगञ्जमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-३१ का ऋषिलाल पटेल र बाराको कलैया उपमहानगरपालिका-३ का उमेश कुमार छन् ।

वीरगञ्जको सिटी मार्केटमा कपडा खरिद गरेर नक्कली नोटहरू दिएको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १ हजार दरका ३८ थान नक्कली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनीहरुमाथि खोटा चलन सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया