माओवादी नेतामाथि खुकुरी प्रहार गर्ने तीनजना पक्राउ


काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंले माओवादी केन्द्रका नेतामाथि खुकुरी प्रहार गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

२२ कात्तिकमा बानेश्वरमा नेता जनक बर्तौलामाथि खुकुरी प्रहार गरेर भागेका तीन जनालाई प्रहरीले पशुपतिनगर, इलामबाट पक्राउ परेको हो ।

पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० का २४ वर्षीय शेरबहादुर थारू, झापा मेचीनगर नगरपालिका वडा नम्बर ८ मेचेका ३४ वर्षीय कैलास भन्ने टेकबहादुर प्रधान र कोहलपुर नगरपालिका वडा नम्बर १ कौशीला बस्ने २६ वर्षीय आशिष लामिछाने मगर रहेका छन् ।

उनीहरूले माओवादीको बाग्मती प्रदेश सदस्य एवं अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष बर्तौलामाथि २२ कात्तिकमा बानेश्वरस्थित आइप्लेक्स मल नजिकै खुकुरी प्रहार गरेका थिए ।

 

 

प्रतिक्रिया