विभिन्न स्थानमा भेटिए मृत अवस्थामा ६ जना


काठमाडौं – देशका विभिन्न स्थानबाट ६ जना मृतावस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका-२ नयाँपाटी डेरा गरी बस्ने सिन्धुपाल्चोक हैबुङ घर भएका ४६ वर्षीय चित्र बहादुर तामाङ आफ्नो कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले बस्ने ५८ वर्षीय दुर्बासा केसी सोही ठाउँस्थित सेरा खोलामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । गत सोमबारदेखि घरबाट हराई बेपत्ता भएका उनको अस्थायी प्रहरी पोष्ट खानीडाँडाबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा खोजी गर्ने क्रममा शव फेला पारेको हो ।

त्यसैगरी बाँकेको नरैनापुर गाउँपालिका-४ बडुवास्थित कल्बटमुनी पानी जमेको खल्डोमा भारत श्रावस्ती मल्हीपुर थाना भगरा गाउँ बस्ने ५० वर्षीय बिलाख निसाद बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यता महोत्तरीको पिपरा गाउँपालिका-५ मोहना गाछी बस्ने ८५ वर्षीय विन्देश्वर यादव सोही ठाउँस्थित खेतको आलीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै गरी बर्दिया ठाकुरबाबा नगरपालिका-९ बस्ने ५७ वर्षीय कृष्ण बहादुर थापा आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीले कास्कीको पोखरा महानगरपालिका-३२ लाल्टिनबजार बस्ने ४० वर्षीय बुद्धि बहादुर गुरूङ सोही ठाउँस्थित गोरेटो बाटोको भिर मुनि बिहीबार मृत अवस्थामा फेला परेको जनाएको छ । प्रहरीले सोही ठाउँ बस्ने ४ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया