नेपाल प्रहरीको प्राविधिक असईदेखि इन्स्पेक्टरसम्मका लागि खुल्यो जागिर (सूचनासहित)


काठमाडौं – नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा आवेदन माग गरेको छ ।

प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले प्राविधिक प्रहरी समूहअन्तर्गत रिक्त रहेका विभिन्न पदमा खुला तथा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागेको हो ।

सूचना अनुसार प्राविधिक तर्फका सञ्चार, सूचनाप्रविधि कम्प्युटर, सिभिल इन्जिनियर, इलेक्ट्रिकल, हातहतियार, स्वास्थ्य समूहका प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी निरीक्षक (इन्स्पेक्टर) सम्मका लागि दरखास्त आह्वान गरिएको हो ।

योग्यता पुगेका नेपाली नागरिकले मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म दरखास्त दिन सक्नेछन्।

प्रतिक्रिया