

‘गदर–२’ र ‘ओएमजी–२’ जुध्दा पनि दुवै हिट

बलिउड फिल्म ‘गदर–२’ र ‘ओमाइगड–२’ एकै दिन रिलीज भएर पनि भारतीय चलचित्र उधोग चलायमान बनाउन सफल भएका छन् । हलहरुमा यी फिल्म हेर्ने दर्शकहरुको थामिनस्कनु घुईचो लागेको छ ।
गदर–२ ले रेकर्ड् ब्रेकिङ्ग कमाइ गरिरहेको छ । फिल्मले अहिले आइतबारसम्म ४५० करोड कमाइसकेको छ । यो फिल्म सवैभन्दा छिटो ४५० कमाउने फिल्म समेत बनेको छ । नेपालमा पनि यि चलचित्रहरुले राम्रो व्यापार गर्न सफल भएका छन् । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको ‘बक्स अफिस कलेक्सन’ सार्वजनिक गरेको आँकडाअनुसार अहिलेसम्म ‘गदर–२’ ले ६ करोड १३ लाख रुपैयाँ ग्रस कमाएको छ ।
अक्षय कुमार स्टार चलचित्र ‘ओमाइ गड’ले नेपाली बक्स अफिसमा २ करोड ५० लाख कमाई गरेको छ । यो फिल्म ‘गदर–२’ भन्दा ओएमजि–२’ को ब्यापार आधाभन्दा कम रहेको छ । तर अहिले हालसालै प्रर्दशनरत नेपाली चलचित्रहरुले गरेको व्यापारभन्दा धेरै राम्रो मान्न सकिन्छ ।
अक्षय कुमारको ‘ओमाइगड’ ले भारतमा पछिल्लो अपडेटअनुसार १३५ करोड ८० लाखको नेट कलेक्सन गरेको छ । यो आँकडाबाट के बुझन सक्छौँ भने चलचित्रहरु एकअर्कोसँग एउटै मितिमा रिलिज हुँदा पनि फिल्म राम्रो बनेको छ भने त्यसले व्यापारमा कुनै असर नपार्ने स्पष्ट भएको छ ।
‘गदर–२’ कमाइको मामलामा भारतको तेस्रो सबैभन्दा बढी व्यापार गर्ने फिल्म बनिसकेको छ । अहिले कै कमाईको आँकडालाई हेर्ने हो भने गदर–२ ले भारतमा अहिलेसम्मकै बढी ब्यापार गर्ने फिल्म बन्न सक्ने आँकलन गरिएको छ ।
चलचित्रमा देशभक्ति ईमोसनलाई पर्दामा उतारिएको छ । लगभग बिस वर्षपछि फिल्मलाई सिक्वेलको रुपमा त्यही स्टारहरुलाई लिएर मुख्य भुमिकामा अभिनय गराईएको छ । फिल्मको गीत, संगीत पक्ष पनि अब्बल रहेको छ । चलचित्रलाई अमित शर्माले निर्देशन गरेका हुन । लगानिको हिसावले कम बजेटमा निर्माण भएको चलचित्र हो । चलचित्रको रिभ्यु त्यती सकारात्मक समिक्षंकहरुले नदिए पनि चलचित्रलाई दर्शकको साथ अत्याधिक मिलेको छ । दुई दशक अगाडि जुन फिल्मले दर्शकवाट साथ पाएको थियो जुन राष्ट्रवाद देशभक्ती सँग–सँगै इमोसनल रुपमा जोडेको थियो दर्शकहरुलाई ।
फिल्म पनि त्यस समएको सर्वधिक कमाइ गर्ने चलचित्र साबित भएको थियो । फिल्म जुध्दा असफल हुन्छ भन्ने भ्रमलाई यी चलचित्रहरुले तोडेका छन् । फिल्मको कथावस्तु राम्रो छ भने गीत संगीत उत्कृष्ट छ दर्शकलाई चलचित्रले ३ तिन घन्टा हलभित्र बाँधेर राख्न सक्छ भने दर्शकहरुले दुवै फिल्म हेर्न जान्छन् भन्ने पाठ सिकाएको छ । यदि फिल्म राम्रा छन् भने जुधेपनि सफल हुने रहेछ ।

