काठमाडौं — दीपाश्री निरौलाको जन्मदिनका अवसरमा सहयात्री दिपकराज गिरीले एउटा कविता लेखेर शुभकामना दिएका छन् ।
व्यावसायिक जीवनमा ३० वर्षदेखि सँगै रहेको उल्लेख गर्दै दीपालाई कवितामार्फत आफूलाई दुख्दा उनले ऐया भन्ने गरेको स्मरण गर्दै लेख्छन् –
यो केटी त कस्ति घमन्डि ! मैं हूँ भन्छे !!
बोल्न त परै जाओस हेर्दा पनि हेर्दिन !
आज भन्दा क़रीब ३ दशक अघि तिमि संगको पहिलो भेट , मलाइ आज पनि याद छ …
जसरी हामी किताबको कभर हेरेकै भरमा
पूरै बिषय अनुमान गर्छौ … ठिक त्यस्तै
तिमि प्रतिको धारणा पनि तुरून्तै बनाएको थिए मैले !
तर मलाइ थाहा थिएन यो त्यहि केटी हो
जो अरूको पिडालाइ आफ्नो सम्झेर समय बिताउछे!
ज़िन्दगीको खेलमा आफू हार्छे
तर अरूलाइ जीताउछे !!
म प्रतिको तिम्रो योगदानलाइ त
सिर्फ़ एक शब्दमा बुनेको छू ,
चोट मलाइ लाग्दा ,तिम्ले ऐआ भनेको सुनेको छू !
कमजोरी पनि भनिदिन्छू ….
यॉहा हरेकको हातमा क्यालकुलेटर छ
कॉहा फाइदा , कॉहा बेफाइदा ,
कॉहा ज़ोर छ ,कॉहा बिजोर छ
दिमागै दिमागको शहरमा तिमि ,मनको कुरा गर्छो ,
त्यसैले तिम्रो हिसाब कमजोर छ ….
मेरो ज़िन्दगीको उत्कृष्ट साथिलाइ जन्मदिनको लाखौ करोडौ र अरबौ शुभकामना……