भारतीय गायक जावेद अली काठमाडौंमा


काठमाडौं – सांगीतिक कार्यक्रममा सहभागी हुन भारतीय गायक जावेद अली काठमाडौंमा आएका छन्।

शुक्रबार काठमाडौं आइपुगेका उनले सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिनेछन् ।

लाइभ इन नेपाललाई लिक्विड इन्टेलिजेन्सले आयोजना गरेको हो।

बजरंगी भाइजान, गजनी, गुजारिशजस्ता चर्चित फिल्ममा स्वर दिएका गायक अलीले ५०० बढी गीत गाइसकेका छन्।

प्रतिक्रिया