


डडेल्धुरामा टिप्पर दुर्घटना

डडेल्धुरा – धनगढीबाट बैतडी जाँदै गरेको टिप्पर डडेल्धुरामा दुर्घटना भएको छ।
सिमेन्ट बोकेको टिप्पर डडेल्धुराको अमरगढी नगरपालिका-८ मा सडक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उमाकान्त जोशीले बताए।
सिमेन्ट बोकेको से १ ख ११३० नम्बरको टिप्परको अगाडिको भाग सडकको नालीमा फसेर दुर्घटना भएको हो। २३ वर्षीय चक्रबहादुर ऐरले चलाएको टिप्पर शुक्रबार(आज) दुर्घटना हुँदा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

