

सुडानमा खटिएका नेपाली शान्ति सेना झुन्डिएको अवस्थामा फेला

काठमाडौं – शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका नेपाली सेनाका अमल्दार रामबहादुर बाँठा मृत भेटिएका छन्।
नेपाली सेनाका अनुसार बिहीबार बाँठाको शव झुन्डिएको अवस्थामा फेला परेको थियो। जाजरकोट खलंगाका बाँठा नेपाली सेनाको श्री शेर गण १२औं दफामा कार्यरत थिए।
दक्षिणी सुडानको रुम्बेकस्थित गण हे.क्वा.मा रहेको भेहिकल वर्कशपमा बाँठा पासो लगाई झुन्डिएको अवस्थाम फेला परेको नेपाली सेनाले जनाएको छ।

