साउथ अभिनेत्री कीर्ति सुरेश विवाह गर्दै


मुम्बई – साउथ अभिनेत्री कीर्ति सुरेश पछिल्लो समय विवाहको समाचारका कारण चर्चामा छिन् । उनले छिट्टै म्युजिक निर्देशक अनिरुद्ध रविचन्दरसँग विवाह गर्दैछिन् । दुवै लामो समयदेखि एकअर्काेको नजिक रहेका थिए ।

विवाहको विषयमा कीर्ति र अनिरुद्धले भने अहिलेसम्म आधिकारिक धारण सार्वजनिक गरेका छैनन् । कीर्तिको फ्यान फ्लोइङ पनि धेरै रहेको छ ।

कीर्ति र अनिरुद्धले एकसाथ रेमो, थाना सेरधाकुटम र अगयाथवसी जस्ता फिल्ममा काम गरेका छन् । यी फिल्म पछि यी दुबै एकअर्काेको डेटमा रहेको समाचार बाहिर आएको थियो । कीर्तिले कयौ साउथ फिल्ममा काम गरेकी छन् ।

जसमा तमिल, तेलगु र मलयालम भाषामा पनि रहेको छ ।  यसको अलवा उनी छिट्टै सुपरस्टार महेश बाबुको साथ फिल्म ‘सरकारु वारी पाटा’मा देखिनेछिन् ।

प्रतिक्रिया