चलचित्र छायांकनको क्रममा जोन अब्राहम घाइते


मुम्बई – बलिउड अभिनेता जोन अब्राहम चलचित्र छायाँकन स्थलमा घाइते भएका छन्। एक्सन चलचित्र ‘अट्याक’ को छायाँकनका क्रममा उनलाई सामान्य चोट लागेको छ। जोन आफैले इन्स्टाग्राममा चोट लागेको तस्बिर र भिडियो सार्वजनिक गरेका छन्।

एक्सन सिन छायाँकनको क्रममा उनलाई कसरी चोट लागेको भन्ने पनि भिडियोमा देखाइएको छ। तस्बिरमा उनि उभिइराखेको अवस्थामा पछाडिबाट ट्युबलाइटले प्रहार गरिएको छ।

भिडियोमा उनकै टोलिको एक सदस्यले जोनको घाँटीबाट बगेको रगत पुछ्दै गरेको देखिन्छ। जोनले तस्बिर राख्दै लेखेका छन्, ‘यो कसरी सुरु भो र कसरी अगाडि बढिरहेको छ। म यी सबैलाई माया गर्छु। यी सबै मनोरञ्जनका पाटा हुन्।’

उनको यो पोस्टमा धेरैले प्रतिक्रिया जनाएका छन्। उनको चोट चाँडै निको होस् भनेर सबैले कामना गरेका छन्। बलिउडका अकाए एक्सन नायक ‘टाईगर स्रोफले लेखेका छन्, ‘एक्सन म्यान’।

प्रतिक्रिया