भारतीय कम्पनीको स्लाइन बिक्रीमा रोक


काठमाडौँ – न्यून गुणस्तरीय प्रमाणित भएपछि औषधि व्यवस्था विभागले एक भारतीय कम्पनीको स्लाइन बिक्रीमा रोक लगाएको छ ।

भारतको हरिद्वारस्थित युरोलाइफ हेल्थकेयर प्रालिले उत्पादन गरेको ब्याच नम्बर सीएसएल ३००३ को ‘आरएल ५०० एमएल’ स्लाइन बिक्री वितरणमा रोक लगाइएको हो । सो औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गरिएको थियो ।

न्यून गुणस्तर भएको सो स्लाइन बजारबाट फिर्ता ल्याउन वितरकलाई निर्देशन दिइएको छ । सो ब्याचको आरएल ५०० एमएल सिफारिस र प्रयोग नगर्न समेत विभागले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया