सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट छिन्नमस्ता बाहिनी तथा गणको उद्घाटन


काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३९ गण महोत्तरीको फागुन ३ गते आयोजित एक समारोहकाबीच उद्घाटन गरे ।

यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक खनालले आजै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाको समेत समुद्घाटन गरे । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा सशस्त्र प्रहरी बल, नेपाल राष्ट्रको रक्षा, सीमानाको सुरक्षा, राष्ट्रियताको जगेर्ना र नेपाली जनताको सेवा, सुरक्षा, सहयोग तथा उद्वारका लागि प्रतिवद्ध रहेको उल्लेख गर्दै संगठनका अग्रज तथा सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको मेहनत, त्याग र समर्पणको फलस्वरुप संगठन राज्यको भरपर्दो सुरक्षा निकायको रुपमा स्थान बनाउन सफल रहेको बताए ।

खनालले कुनै पनि निकायको सांगठनिक संरचना समयानुकुल एवं आश्यकतानुसार परिमार्जन र परिवर्तन भएमा मात्र ती संगठनहरु चलायमान र सान्दर्भिक हुने बताउनुहुँदै संगठनको प्रभावकारिता साथै समग्र राज्यको सुरक्षा व्यवस्थालाई थप मजबुद तुल्याउन विभिन्न समयमा नेपाल सरकारबाट संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवदेन स्वीकृत भई सो बाहिनी र गणहरुको स्थापनाले महोत्तरी जिल्ला र समग्र प्रदेशको शान्ति सुरक्षा कायम राख्न अहम भूमिका खेलिरहेको बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सांगठनिक पुर्नसंरचना पश्चात सीमामा पहिले भन्दाबढि संख्यामा जनशक्तिहरु परिचालित भई सीमामा २ सय २१ वटा बोर्डर आउट पोष्ट पु¥याउने लक्ष्यका साथ हाल सम्म २ सय ५ वटा बोर्र्डर आउट पोष्ट स्थापना भईसकेको र सो बोर्डर आउट पोष्टहरु स्थापना पश्चात चोरीतस्करी नियन्त्रण, सीमा अपराध नियन्त्रण, राज्यको राजश्व बृद्धि हुनुकासाथै सीमा क्षेत्रका नागरिकहरुले समेत सुरक्षित महशुस गरेको विश्वास व्यक्त गरे ।

उनले उत्तरी सीमाका उच्च हिमाली भू–भागको कठ्यांग्रीने जाडोदेखि दक्षिणी सीमाको अत्याधिक गर्मी र हावाहुरीको सामना गर्दै सुदूर पूर्वको ओलाङचुङगोलादेखि सुदूरपश्चिमको कालापानी, लिपुलेक नजिकको छाङ्गरु सम्मको स्थानमा सशस्त्र प्रहरी बल, नेपालका एकाईहरु मार्फत अहोरात्र तैनाथरहि संगठनलाई प्राप्त जिम्मेवारी तथा उत्तरदायित्व व्यावसायिक कुशलतापूर्वक सम्पादन गर्दै आईरहेको बताए ।

संगठन भ्रष्टाचार, मानवअधिकार उल्लंघन र लैङ्गिक हिंसाका विरुद्ध शून्य सहनशिलताको नीति अवलम्वन गर्दै अघि बढिरहेको उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले भने, ‘यदि कोहीकतै व्यावसायिक आचरण विपरितका कृयाकलापमा संलग्न भएमा क्षम्य नहुने साथै असल र उत्कृष्ट कार्य गर्नेहरुलाई पुरस्कृत गरी प्रोत्साहन गरिने छ ।’

खनालले कोभिड–१९ महामारी व्यवस्थापनमा सशस्त्र प्रहरी कर्मचारीहरु अग्रपंक्तिमा रहेर प्रदर्शन गरेको व्यावसायिकताको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै शान्ति र सुशासन कायम राख्न सवै सुरक्षा निकाय तथा सरोकारवाला निकायहरुसँगको समन्वयले जस्तोसुकै सुरक्षा चुनौतीलाई पनि परास्त गर्न सकिन्छ भन्ने कुरामा जोड दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्रप्रकाश गौतमले सो बाहिनी तथा मातहतका युनिटहरुले जिम्मेवारीका क्षेत्रमा शान्ति सुरक्षा, विपद् उद्धार तथा व्यवस्थापन, औद्योगिक सुरक्षा, महात्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानको सुरक्षा, राष्ट्रिय गौरवका परियोजना, पूर्वपश्चिम लोकमार्ग, हुलाकी राजमार्ग आदि ठाउँहरुमा खटिएर उत्कृष्ट कार्यसम्पादन गर्दै आईरहेको चर्चा गर्नुहुँदै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ व्यवस्थापनमा अग्रपंक्तीमा रहि उत्कृष्ट कार्यसम्पादन भएको उल्लेख गरे ।

कार्यक्रममा नेपाली सेना मध्यपूर्वी पृतनापति उपरथि सुरेशकुमार कार्की, जिल्लास्थित विभिन्न नगरपालिकाका प्रमुखहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, नागरिक समाज, बुद्धिजीवि तथा स्थानीय भद्रभलाद्मी लगायत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया