कोष युनियनद्वारा पूर्वकर्मचारीलाई सम्मान एवं बिदाई


काठमाडौ – नागरिक लगानी कोष कर्मचारी युनियनले कोषका पुर्व कर्मचारी अनिल कुमार ढकाल र सुभाष चन्द्र दहाललाई सम्मान गरेको छ ।

सम्मान स्वरुप युनियनले मायाको चिनो पनि प्रदान गरेको थियो । युनियनद्धारा आयोजित बनभोज तथा बिदाई कार्यक्रममा उनीहरुलाई सो सम्मान गरिएको हो ।

सो अवसरमा कोषका कार्यकारी निर्देशक रमण नेपालले सबै कर्मचारीहरुको अथक मिहेनतको कारण संस्था अहिलेको अवस्थामा आइपुगेको बताए ।

त्यसैगरी युनियनका अध्यक्ष सुरेश चालिसे एवं सचिव नेत्र थापा लगायतले सेवा निवृत भएका पुर्व कर्मचारीहरुलाई सम्मान गर्न पाउँदा खुसी लागको बताएका थिए ।

प्रतिक्रिया