प्रणय दिवसमा ‘अनाैठाे माया’ सार्वजनिक (भिडियाेसहित)


काठमाडाैं – गायक संगिन राईकाे आवाजमा रहेको पप गीत ‘अनाैठाे माया’ सार्वजनिक भएको छ । प्रेम दिवसका अवसरमा सार्वजनिक गरिएको गीतका शब्द रचना गायक स्वयम् र उदेश श्रेष्ठले गरेका छन् ।

भेषु इन्सान मगरकाे सङ्गीत संयोजनमा मिक्सिंग र मास्टरिङ् कुमार सानु पुनले गरेका छन् । संकरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएकाे गीतमा विशाल क्षेत्रीले गितार भरेका हुन् ।

मायाकाे अनुभूतिलाई गीत मार्फत दर्शाउने एउटा प्रयास रहेकाे गायक राईले बताए । गीतलाई एनिमेसन भिडियो मार्फत देखाइएकाे छ । सन्दिप एस्डिएम्ले भिडियाे एनिमेसन गरेका छन् । भिडियो गायककाे आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

 

प्रतिक्रिया