

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३१ रूपैयाँ ५० पैसा र बिक्री दर १३२ रूपैयाँ १० पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ९८ पैसा र बिक्री दर १४२ रूपैयाँ ६३ पैसा रहेको छ। हिजो अमरिकन डलरको खरिद दर १३१ रूपैयाँ ६० पैसा र बिक्री दर १३२ रूपैयाँ २० पैसा रहेको थियो ।युरो एकको खरिद दर १४१ रूपैयाँ ७७ पैसा र बिक्री दर १४२ रूपैयाँ ४२ पैसा रहेको थियो ।
अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ १ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९४ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ २६ पैसा र बिक्री दर १६६ रूपैयाँ २ पैसामा काराेबार भइरहेकाे छ ।
उता, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसामा खरिदबिक्री गरिनेछ ।
यसैगरी मलेसियन रिंगिट एकको खरिद दर २८.४८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६१ रुपैयाँ रहेको छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ७ पैसा र बिक्री दर ३६ रूपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ भने साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ६ पैसा र बिक्रीमा ३५ रुपैयाँ २२ पैसा तोकिएको छ ।

