भारतीय म्युजिक भिडियोमा नेपाली चेली सञ्जिलाको डेब्यू (भिडियोसहित)


काठमाडौं – सञ्जिला गौतमले भारतीय म्युजिक भिडियोमा डेब्यू गरेकी छन् ।

दिप वशनको ‘इश्क अवाल्लाह’ बोलको गितमार्फत गौतमले बलिउड बजारको म्युजिक भिडियोमा डेब्यू गरेकी हुन् । भारतीय मोडल जीत आर्या र सञ्जिलाको अभिनय रहेको म्युजिक भिडियो दर्शकले अत्याधिक रुचाएका छन् ।

चितवनकी गौतम हाल मुम्बइमा छिन् । उनले आफ्नो पहिलो म्युजिक भिडियो नै धेरैले मन पराइदिएकोमा खुशी व्यक्त गरेकी छन् ।

‘मेरो पहिलो म्युजिक भिडियोनै धेरैले रुचाउनुभएकोमा खुशी छु । यो अवसरका लागि म्युजिक भिडियो टिक र आम दर्शकहरुप्रति आभारी छु, ’ उनले भनिन्, ‘आगामी दिनमा अझ राम्रो गर्ने कोशिस गर्नेछु ।’

यस्तो छ भिडियोः

प्रतिक्रिया