

ज्ञानेन्द्र शाह परिवारसहित धनगढीमा

कैलाली – नागरिक अभिनन्दनका लागि पूर्व राजा ज्ञानेन्द्र शाह परिवार धनगढी पुगेका छन् । पूर्व राजाले अभिनन्दनपछि सुदूरपश्चिम भ्रमण गर्ने भएका छन् ।
भ्रमणको दौरान धनगढीमा भोलि (साेमबार) पूर्व राजाको नागरिक अभिनन्दन हुने भएको छ । पूर्व राजाको नागरिक अभिनन्दनका लागि १ हजार १ सदस्यीय नागरिक अभिनन्दन मूल समारोह समिति गठन भएको छ ।
पूर्व मन्त्री जयन्त चन्दको संयोजकत्वमा मूल समारोह समिति गठन भएको नागरिक अभिनन्दन समारोहका सञ्चार संयोजक ललित जोशीले बताए ।
धनगढीस्थित रंगशालामा विशाल समारोका बीच नागरिक अभिनन्दन गरिने जोशीले बताए । नागरिक अभिनन्दनका लागि आज पूर्व राजपरिवार धनगढी आइपुगेका हुन् । उनी सपरिवार होटल रुबसमा बस्ने छन् ।
पूर्व युवराज पारस शाह र कोमलबाहेक राजपरिवारका सबै सदस्य धनगढी आइपुगेका छन् ।

