एलिना र डीआरको सन्देशमूलक नजाऊ नभन


काठमाडौंगायिका एलिना चौहान र गायक अन्जान सूर्यको स्वरमा रहेको गीत नजाऊ नभनसार्वजनिक भएको छ । डीआर सुजनको शब्द, लालकुमार बरालको संगीत र विशाल निरौलाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

पछिल्लो समयका ब्यस्त निर्देशक देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा एलिना चौहान र डीआर सुजनको अभिनय रहेको छ । निसल पौडेलेको छायाँकन रहेको भिडियोलाई विकाश दाहालको सम्पादन छ ।

गीतमा गरिबिको गन्तब्य पर्देश मात्र हैन आफ्नै देशमा पनि धेरै विकल्प छन् भन्ने भाव दर्शाइएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

हामी सबैको मिहेनतबाट एउटा उत्कृष्ट गीतको भिडियो स्रोतारदर्शकमाझ पस्किएका छौ, सबैको माया पाउनेमा आशावादी छौ, निर्देशक देवेन्द्रले भने । गीत तथा भिडियोलाई सम्पूर्ण संचारले बजार मा ल्याएको हो । लालकुमार बरालको आफ्नै युटुब च्यानलमार्फत गीत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया