जनप्रतिनिधि माझ एउटा सशक्त आयाम सांसद बस्नेत, आफ्नो क्षेत्रमा विकासका पर्यावाची


काठमाडौं– ‘निर्वाचन क्षेत्रमा विकास निर्माणका सन्दर्भमा उठ्ने अनेक स–साना विषयमा कति खर्च लाग्छ भनी अनुमान गरेको देखेर सरोकारवाला तपाई नपढेको इन्जिनियर भन्छन्’, प्रतिनिधि सभामा भक्तपुर–२ बाट निर्वाचित नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेत अनुभव साट्छन् ।

निर्वाचनअघिको भक्तपुर र निर्वाचनपछिको भक्तपुरमा केही ठूलै अन्तर देखियो । झमक्क साँझमा कौशलटारमा रहेको सम्पर्क कार्यालयमा झुल्किएका बस्नेतलाई भेट्नका लागि स्थानीय, पार्टी कार्यकर्ता र कतिपय मिडियाका मानिस समेत उपस्थित थिए ।

बस्नेतलाई व्याख्या गर्ने अनेक नजरिया हुन सक्छन् । खरो बोली, स्पष्ट अडान र कुनै सम्झौता नै नगर्ने बानीका कारण उनीबाट नाफा लिन नसक्नेहरूले फरक धारमा व्याख्या गर्छन् । तर, बस्नेत जनप्रतिनिधि भएकाले बजारको व्याख्या भन्दा क्षेत्रका जनताको गुनासोसँग डराउँछन् । सकभर जनतालाई गुनासो गर्ने ठाउँ नै दिन हुन्न भन्ने उनको भनाईको तात्पर्य एउटै हुन्छ– जनताकै लागि खट्नुपर्छ ।

१४ घन्टा जति दिनको नियमित उनी खटिने गर्छन् । त्यसैले उनको निर्वाचन क्षेत्रमा विपक्षीहरूले पनि जिब्रो टोक्ने बेला आएको छ । राजधानीसँग जोडिए पनि स–साना विकासका योजना र ठूल–ठूला समस्याको समाधान नहुँदा आजित भएका जनताले राहत पाएका छन्, बस्नेतलाई जिताएपछि ।

बस्नेत जनप्रतिनिधि माझ एउटा सशक्त आयाम त हुन् नै आफ्नो क्षेत्रमा विकासका पर्यावाची समेत भनेर परिचय स्थापित गर्न सफल रहेछन् । यो परिचय उनले कुनै प्रचारबाजी गराएर होइन, काम गरेरै स्थापित गरेका स्पष्ट देखिन्छ ।

अमेरिकाका पिता समेत मानिने १७ औं शताब्दिका महान् राजनीतिज्ञ अलेक्जेन्डर हामिल्टनले भनेका थिए– कमजोर प्रशासनयन्त्रको प्राकृतिक उपचार भनेको ख्याती कमाएको जनप्रतिनिधिले ल्याउने परिवर्तन हो । हो, बस्नेतले आफ्ना क्षेत्रमा गरेका अनेक प्रकारका पहलकदमी र कामले स्पष्टसँग हामिल्टनको भनाईको पनि प्रतिनिधित्व गरेको पाइन्छ ।

मुख्या बुँदामा बस्नेतले के–के गरे ?

भक्तपुर सुगमभित्रको दुर्गम जस्तो जिल्ला बनेको थियो । एउटा पीडा थियो हनुमन्ते करिडोरको डुबान । डुबिरहने एउटा पूरै बस्ती र जमिनलाई राहत दिलाउने काममा बस्नेतको भूमिका प्रमुख रहेको स्थानीय नै बताउँछन् । हनुमन्ते करिडोरको व्यवस्थापनका निम्ति बस्नेतले जोडबल गरी ३ अर्ब २० करोडको बजेटमा खोला व्यवस्थित गरिदिए ।

पोहोर परार डुबिरहने त्यस क्षेत्रले यस बर्षको बर्षायाममा पानीको बितण्डालाई खोलाभित्रै देख्यो, बस्तीमा झेल्नु परेन । ‘पहिला यो खोला ५ मिटरमा मात्र बग्थ्यो त्यसैले बर्षायाममा बस्ती डुबान हुनु स्वभाविक बन्यो । यो पीडाबाट निकाल्न सांसद बस्नेतको योगदान अतुलनिय छ’, स्थानीय भन्छन्,‘अहिले ढल पनि व्यवस्थित हिसाबमा बग्ने बनाइएको छ ।’

यो व्यवस्थापकीय जिम्मेवारीमा बस्नेतले कहाँबाट ल्याए पैसो भन्ने स्वभाविक प्रश्नको उत्तर हो– सांसदले पहल गरेपछि स्रोत खुल्छ । तथ्यांक र विवरणअनुसार अधिकार सम्पन्न बागमती सभ्यता समितिमा बस्नेतले समस्या राखी समाधानका निम्ति पहल गरेका थिए । यसले लोकन्थलीदेखि राधेराधे भाटभटेनी र सल्लाघारीसम्मका जनताले राहतको अनुभूति गरेका छन् ।

यीनै क्षेत्रमा बस्नेतकै पहलमा ५ हजार रोपनी क्षेत्रको जमिनलाई व्यवस्थित र उपयोगयोग्यमात्र होइन, व्यवस्थित बस्तीको अवधारणालाई अघि सारिएको छ । यसको काम पनि अघि बढेको बताइन्छ ।

युवा नेता कार्यकर्तामाझ पनि चर्चित रहेका बस्नेत अहिले ज्येष्ठ नागरिक, सर्वसाधारणका निम्ति पनि स्मरणीय नाम बन्दै जानुमा विकासप्रतिको तिर्खा नै रहेको बताउँछन् स्थानीयवासी ।

यो बर्षको सांसद बिकास कोषबाट सूर्यबिनायक नगर पालिकाको सहकार्यमा १५ दिनभित्र आइसीयु भेन्टिलेटर सहितको कोभिड अस्पताल बनाउन १ करोड ५० लाख छुट्टाएको बस्नेतले जनाएका छन् । नेपाल कोरिया मैत्री अस्पतालमा नेपाली युवा बैज्ञानिकहरुले बनाएको रबर्ट नर्सिङ्ग र भेण्टिलेटर राख्न मध्यपुर थिमी नगरपालिकाको सहकार्यमा ५० लाख बजेट छुट्टाउन बस्नेत सफल भए

एउटा सांसद निर्वाचित भएपछि आफ्नो क्षेत्रमा अनुहार समेत देखाउन जाने अवस्था हुँदैन, जनता आक्रोशित बन्छन् । तर, बस्नेतका क्षेत्रमा बहुमत जनता विपक्षीलाई देख्न चहाँदैनन् कामको विषयमा । यहि लयमा बस्नेत नरोकिनुको अर्को उदाहरण हो– पेप्सीकोला–सानोठिमीदेखि सल्लाघारीसम्मको सडक विस्तारको योजना । ६६ करोडको बजेट उपत्यका सडक विस्तारबाट आफ्नै पहलमा बस्नेतले ल्याएका थिए ।

‘यो मेरो काम गर्ने उमेर हो । मैले यत्ति गरें भन्ने होइन, जनताले मलाई विश्वास र भरोषा गरी जिताएपछि मेरो भूमिका के हो ? आफ्ना क्षेत्रलाई कतिसम्म गर्ने र देशका लागि मेरो योगदान कुन हदसम्म हुनुपर्छ भन्ने हेक्का राख्ने प्रयत्न हो’ सांसद बस्नेत भन्छन्,‘निर्वाचनमा जाँदा अनेक भाषण गर्ने र पछि काम नगर्ने परिपाटी हामीले अन्त्य गर्नुपर्छ भनेरै म सक्रियता देखाइरहेको छु । अहिलेका काम कुनै ठूला काया पलट नै गरें भन्ने हैन, गर्न बाँकी छ धेरै ।’

नेताका सपना हुन्छन् । अरुका नीजि सपनाका बागडोर खुला भएको प्रतीत आम मानिसले गरिरहेका बेला बस्नेतको भने जनसमर्पित सपनाका ढिकाहरू देखिन्छन् मैदानमा । १७ हजार ८ सय रोपनी क्षेत्रमा गुन्डु–बालकोट क्षेत्रमा स्मार्टसिटीको काम अघि बढाउने प्रक्रिया थालेका छन् । २२ अर्बको लगानी रहने उक्त स्मार्टसिटीका निम्ति २ करोड खर्च गरी डिपीआर पनि तयार भएको छ ।

‘विकास कसरी हुन्छ ? हामी प्रत्येक सांसदले आफ्नो क्षेत्रका लागि स्मार्ट भाषण हैन, स्मार्ट व्यवस्थापकीय भूमिका र काम गर्न सके विकास अवश्य हुन्छ’, उनी भन्छन्,‘सायद राजधानीसँग नजिक भएको, एक पटक मन्त्री हुने मौका पनि पाएका कारणले मैले देख्ने र हेर्ने अनि काम सम्पन्न गर्न सकिन्छ भन्ने आँक्ने अलग पाटो पनि होला ।’

बस्नेतको विकासयात्राको गति तेज छ । त्यसैले पनि दिर्घकालिन जस्तो देखिने कतिपय परियोजनाहरू बन्ने तरखरमा छन् । सूर्यविनायकमा अन्तर्राष्ट्रिय चिडियाखानाको डिपिआर ८ करोडमा तयार भएको छ । बस्नेतकै पहलमा २४५ हेक्टर जमिनमा बन्ने यो चिडियाखानाले उनको क्षेत्रको मात्र होइन, मुलुककै परिचय स्थापिन गर्न सक्नेछ ।

शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा स–साना र ठूला आयोजनामा स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारसँग पनि समन्वयकारी भूमिका निर्वाह गरी बस्नेत अगाडि बढेका एउटा सफल सांसद यसकारण पनि हुन् कि धुलिखेलदेखि सूर्यविनायकसम्मको सडकलाई ६ लेनको बनाउने बजेटमा पार्न सफल भए । यतिमात्र होइन, भक्तपुरको गट्ठाघरमा ५ हजार जना मानिस अटाउन सक्ने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ७ अर्बको लगानीमा बन्ने तरखरमा छ जसको पहल बस्नेतले नै गरेका हुन् ।

कोटेश्वरको ट्राफिक जाम हटाउनेदेखि डेढ अर्बको खर्च शिक्षालगायतमा पनि गराउने भूमिकामा बस्नेत अगाडि देखिए । ‘यो सांसद एक्लैको मात्र होइन, आम पार्टी कार्यकर्ता नेता, स्थानीय तहका प्रमुख अधिकारीको समन्वयकारी भूमिकाले काम भइरहेको छ । तर, कसरी समन्वयमुखी बन्ने भन्नेमाचाहिँ जनप्रतिनिधिका नाताले मैले भूमिका निर्वाह गरेको हुँ, त्यो त जनताले मलाई दिएको आदेश र मेरो कर्तव्य नै हो ।’

समाज सेवामा अर्को इँटा, दशैंभत्ता अस्पताललाई

दशैंका लागि भनेर प्रतिनिधि सभाले आफ्नो खातामा पठाएको रकम बस्नेतले अस्पताललाई हस्तान्तरण गरेका छन् । भत्ता फिर्ताका नाममा भएका अनेक प्रकारका हल्ला भन्दा समाज सेवामा उनको यो एउटा नयाँ इटा थप्ने मेसो बन्यो ।

‘सरकारको प्रणालीले स्वतः बैकं खातामा जम्मा हुने व्यवस्था हो । यती बेला देश कोरोनाले आक्रान्त भएको बेला दशैं भत्तालाई कोरोनाविरूद्धको अभियानमा लगाऔं भन्दा कुनै पनि सांसदले विरोध गरेका छैनन् । नेकपा र कांग्रेस जस्ता ठूला दलले त अफ्ना सांसदहरूको भत्ता कोरोना कोषमा हाल्ने निर्णय गरिसकेका छन्’, उनी भन्छन्,‘केही मिडियाको तालमा बहकिएर तलब भत्ता नलिएर,उच्च स्तरको जीवन जिउने नेताहरुलाइ मेरो सुझाब जीवन शैली सरल र पारदर्शी बनाउ,कोरोनाको कारण चाडपर्ब तडक भडक गरेर नमनाउ। भत्ता बराबरको पैसा गरिब असाहायलाई सहयोग गरौं।’

बस्नेत अगाडि जोड्छन्,‘सरकारलाई भत्ता फिर्ता गर्नु भनेको केही मिडियाको हल्ला खल्ला र केही नेताहरुको सेलिबेट्री बन्ने नाटक मात्र हो भन्ने मलाइ लाग्दछ । हामी भ्रष्टाचारको बिरुद्ध र अबैधानिक बजेट बिरुद्ध उभिनु पर्दछ। सरकारले बैधानिक ब्यबस्था गरेको विषयमा धेरै बहकिएर गरिने हल्ला खल्लाको कुनै अर्थ हुँदैन।’

उनी भन्छन्,‘आज मात्रै पनि दशै साधारण खर्चमा मनाउने सोचका साथ भक्तपुर अस्पतालमा उपचार गर्ने गरिब र अशाहाय बिरामीलाइ आफ्नो तलब बाट रु ६५ हजार सहयोग गरेको छु।’

यो बर्षको सांसद बिकास कोषबाट सूर्यबिनायक नगर पालिकाको सहकार्यमा १५ दिनभित्र आइसीयु भेन्टिलेटर सहितको कोभिड अस्पताल बनाउन १ करोड ५० लाख छुट्टाएको बस्नेतले जनाएका छन् । नेपाल कोरिया मैत्री अस्पतालमा नेपाली युवा बैज्ञानिकहरुले बनाएको रबर्ट नर्सिङ्ग र भेण्टिलेटर राख्न मध्यपुर थिमी नगरपालिकाको सहकार्यमा ५० लाख बजेट छुट्टाउन बस्नेत सफल भए ।

प्रतिक्रिया