अञ्जुको ताप्लीको रानीपोखरीमा अञ्जली


काठमाडौं गायिका अञ्जु पन्तको स्वर रहेको गीत ताप्लीको रानीपोखरीसार्वजनिक भएको छ । गीतमा गायिका पन्तसँगै गायक तथा संगीतकार डिबी खड्काको स्वर छ ।

गायक तथा संगीतकार डिबी खड्का हरेक गीतसंगीत फरक र नौलो शैलीमा पस्किन माहिर छन् । यो गीतमा पनि उनले केही नौलो शैली दिने कोसिस गरेका छन् । अचुत नेपालको शब्द रहेको लोकशैलीमा तयार गीतका संगीत एरेन्ज देबेन्द्र नेवाले गरेका छन् ।

गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा अञ्जली अधिकारी, शोभित प्रसाईको रोमान्स देख्न सकिन्छ । प्रकास खड्काको छायाँकन, लक्ष्मण चौहानको सम्पादन रहेको भिडियो बिक्रम चौहानले निर्देशन गरेका हुन् । गीतको शब्द तथा संगीतमा आफुले निकै मिहिनेत गरेको संगीतकार खड्काले बताए । लोकशैलीमा बजारमा आएका भन्दा फरक शैलीमा गीत बनेकोले सबैको रोजाइमा पर्छ भन्ने बिश्वास लागेको छखड्काले थपे ।

प्रतिक्रिया