

बञ्चरो प्रहार गरी दाईको हत्या, किन गरे यस्ताे कुकर्म?

सिन्धुली – सिन्धुलीमा आफ्नै दाईको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । आफ्नै दाई ४६ वर्षीय चेत बहादुर बम्जनको बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा मरिण गाउँपालिका-३ मथौली बस्ने ४० वर्षीय मान बहादुर बम्जनलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मान बहादुरले बन्चरोको पासो र खुकुरी प्रहार गर्दा चेत बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले मान बहादुरलाई पक्राउ गरेको हो ।
दाजुभाइ मदिरा सेवन गर्ने र दैनिक जग्गाका निहुँमा झगडा गरिरहने गरेको स्थानीयले बताएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

