

मांसाहारी आन्दोलन गर्नेहरूलाई जाउलाखेलको ‘जू’मा राखिनेछः गृहमन्त्री बादल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य तथा नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले मांसाहारी आन्दोलन गर्नेहरूलाई जाउलाखेलको ‘जू’मा राख्ने चेतावनी दिएका छन्।
शुक्रबार नारायणहिटी संग्राहलगयमा भएको नेकपा प्रधानमन्त्री केपी शर्मा ओली समूहको आम सभालाई सम्बोधन गर्दै उनले अहिले पाएको उपलब्धी समाप्त बनाउनका लागि प्रचण्ड, माधवकुमार नेपाललगायत सक्रिय भएको नाम नलिई दाबी गरेका हुन्।
उनले चुनावले देशलाई अग्रगमन तिर लैजाने भन्दै गणतन्त्रको रक्षाका निम्ति नारायणहिटी अगाडि जनसभा गरेको बताए। उनले प्रचण्ड–नेपाल समूहले गर्ने आन्दोलनमा सचेत हुन चेतावनी पनि दिएका छन्।

