

बानेश्वरमा बाबु छोरी मृत अवस्थामा फेला
छोरीको घाँटी रेटिएको र बाबु शौचालयमा झुन्डिएको अवस्थामा फेला

काठमाडौं — राजधानीको बानेश्वरस्थित एक घरमा बाबु छोरी मृत अवस्थामा फेला परेका छन् ।
बानेश्वर वडा नं. १० स्थित टंकप्रसाद मार्गमा डेरागरी बस्ने रामेछापका किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बन्द कोठाभित्र घाँटी रेटिएको अवस्थामा छोरीको शव भेटिएको छ । किशोर शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका छन् ।
दिउँसो बाहिर गएकी श्रीमती साँझ कोठा फर्कँदा भित्रैबाट बन्द रहेको पाइएपछि ढोका फोडेर हेर्दा बाबुछोरी मृत भेटिएका थिए ।
शारिरीक रुपमा अशक्त छोरीको हत्या गरी बाबुले आत्महत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

