
स्रोत नखुलेको ५२ लाखसहित सप्तरीबाट २ जना पक्राउ
सप्तरी – स्रोत नखुलेको ५२ लाख रुपैयाँसहित सप्तरीबाट दुई जना पक्राउ परेका छन्।
बोदेबरसाइन नगरपालिका–५ बरसाइन बजारबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशकुमार सिंहले जानकारी दिए।
पक्राउ पर्नेमा बोदेबर्साइन—९ देउरी बस्ने ३२ वर्षीय रामविलास साह तेली र वडा ७ बस्ने ५० वर्षीय मायानन्द झा छन् । हुन्डी कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा काठमाडौंबाट खटिएको सिआइबीका प्रहरी निरीक्षकको कमान्डको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।
सिआइबी र इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको टोली उनीहरुले लिएको भाडाको कोठामा पुगेको थियो।
प्रहरीले उनीहरूबाट जम्मा ५२ लाख ८९ हजार ५ सय रुपैयाँ बरामद गरेको डिएसपी नरेशकुमार सिंहले बताए।



कागजपत्र |
