

काम नसकी भुक्तानी दिने कविलासीका पूर्व प्रशासकीय अधिकृतविरुद्ध भष्ट्राचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काम नसकी भुक्तानी दिने निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ३ जना विरुद्ध मुद्धा दायर गरेको छ ।
सर्लाहीको कविलासी नगरपालिका–८ स्थित निर्माणधीन रामजानकी मन्दिरको गलत बिल बनाइ रकम हिनामिना गरेको आरोपमा नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर राय, इन्जिनियर रामविनयप्रसाद यादव र सब इन्जिनियर उमेशकुमार दासविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
उनीहरूविरूद्ध परेको उजुरी अनुसन्धान गर्दा रामजानकी मन्दिर निर्माणमा फिल्डमा कम काम भएकोमा बढी काम भएको भनी नापी किताबमा मुल्याङ्ककन गरी चढाएको तथा ठेक्का बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी सिफारिससमेत गरी फिल्डमा वास्तविक कार्यभन्दा बढी मूल्याङ्ककन गराई भुक्तानी र कार्य सम्झौता विपरीत कार्यसम्पन्न भएको भनी ९७ हजार आठ सय ४० रुपैयाँ बढी भुक्तानी भएको फेला परेको अख्तिारको भनाइ छ ।
उनीहरूलाई कानुन बमोजिमको कैद र जरिवानाको सजाय मागदाबी गर्दै आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

