१० दिन नेपाल बसेर फर्किए बलिउड अभिनेता ओबरोय


काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता विवेक ओबरोय स्वदेश फर्किएका छन् । १० दिने भ्रमणका लागि परिवार सहित नेपाल आएका उनी शनिबार साँझ स्वदेश फर्किएका हुन् ।

व्यवसायी पुनम यादवको पहलमा परिवारसहित नेपाल आएका उनले भारत फर्किनु अगाडि नेपाल बसाई एकदमै राम्रो र सुखद् भएको बताए । नेपालको खानाको समेत तारिफ गरेका उनले फेरि नेपाल आउने धारणा समेत राखेका थिए ।

गत मंसिर २८ गते नेपाल आएका उनले नेपालमा राजनीतिक दलका नेतासँग भेटघाटको अलवा पशुपतिनाथको दर्शन, चन्द्रागिरी अवलोकन, पोखरामा हाई ग्रङग एड्भेन्चर्समा जिपलाइन, स्काइक्रिमर, अन्नपूर्ण केबलकारको अनुभव समेत लिए ।

व्यवसायी यादवले आवरोयको नेपाल भ्रमणले नेपालको पर्यटन क्षेत्रमा टेवा पुग्ने आफूले विश्वास लिएको बताएकी छन् ।

प्रतिक्रिया