
३ लाख ४० हजार नक्कली नोट सहित ३ जना पक्राउ
बारा – बाराको आदर्शकोतवाल गाउँपालिका(६ हरनैया चोकबाट ३ लाख ४० हजार नक्कली नोट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली १ हजार दरको नक्कली नोट ३ सय ४० थान सहित सोही गाउँपालिका(६ पटेर्वा बस्ने २१ वर्षीय रामसिनाही कुर्मी समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र इलाका प्रहरी कार्यालय महेन्द्रआदर्शबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोट र २ वटा भारतीय नम्बरको मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



कागजपत्र |
