

३ किलो खैरो हिरोइनसहित विमानस्थलबाट केही विदेशी पक्राउ

काठमाडौं — त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तीन किलो खैरो हेरोइनसहित केही विदेशी पक्राउ परेका छन् ।
लागु औषध नियन्त्रण ब्युरोको टोलीले उनीहरुलाई हिजो (बिहीबार) पक्राउ गरेको हो । त्रिभुवन विमानस्थलको भन्सार कार्यायल नजिकबाट ३ किलो खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरिएको ब्युरो स्रोतले जनाएको छ ।
पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने ब्युरोको तयारी छ ।

