

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

वीरगञ्ज – बाराको निजगढमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बाराको निजगढ नगरपालिका-१ सिंगौल बस्ने ४७ वर्षीय भोलाप्रसाद तिमल्सिनाको मृत्यु भएको वडा प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सञ्जीव ओलीले बताए ।
उनी चढेको ना ३४ प ८३३१ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ना ६ ख २२६१ नम्बरको ट्रकमा निजगढ नगरपालिका वडा नम्बर १ धन्सार पुल नजिकै ठोक्किएर दिउँसो दुर्घटना भएको थियो ।
दुर्घटनामा ज्यान गुमाएका भोलाको शव पोस्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

