
सप्तकोसीका प्रशासकीय प्रमुख चौधरीमाथि छानबिन गर्न अख्तियारलाई पत्राचार
सप्तरी – एक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरिएको छ ।
खरिद सम्झौता हुनु अगावै बैङ्क जमानत फुकुवा गरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले सप्तकोसी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरीलाई कारबाहीका लागि सिफारिस गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत चौधरीले पेस गरेको लिखित स्पष्टीकरणको ब्यहोरा चित्त बुझ्दो नदेखिएको भन्दै कार्यालयले आयोगलाई विभिन्न आठ वटा बुँदासहित छानबिन गर्न पत्र पठाएको हो ।
नगरपालिकाले तालिम हल निर्माणका लागि नेपा कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्ट ग्रुपसँग गरेको सम्झौतामा सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा(५) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ५३ को उपनियम (८) को विपरीत कार्य भएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।



कागजपत्र |
