

अभिनयतिर अप्सरा

काठमाडौं– हस्पिटालिटीमा सक्रिय रहेकी अप्सरा तिमल्सिना अभिनयतिर लागेकी छन्।
गायक प्रविन बेदवालको स्वर रहेको तँ त कस्तो भाग्यमानी म्युजिक भिडिओबाट उनले अभिनय यात्रा थालेकी हुन्।
एभरेष्ट होटलमा कार्यरत तिमल्सिना बिजनेश स्टडिजमा मास्टर गरिरहेकी छन्। तिमल्सिना भन्छिन्,‘अभिनयतिर पनि मेरो प्यासन रहेकाले पाइला चालेकी हुँ।’
उनले द पिक हस्पिटालिटी म्यानेजमेन्टमा एक बर्ष काम गरेकी उनले हस्पिटालिटीको
यात्रा भने एयरपोर्ट होटलबाट थालेकी थिइन्।


