
कटुवा पेस्तोलसहित दुई जना बुङमतिबाट पक्राउ
काठमाडौं – ललितपुर महानगरपालिका-२५ सोह्रखुट्टेबाट कटुवा पेस्तोलसहित दुई जनालाई प्रहरीले गएराति पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रे बेथानचोक गाउँपालिका-७ घर भई ललितपुर महानगरपालिका–४ जवालाखेल बस्ने १९ वर्षीय प्रशान्त तामाङ र ३० वर्षीय रमेश तामाङ रहेका छन् ।
प्रहरी प्रभाग बुङमतिबाट खटिएको प्रहरीले दुबै जनालाई बा. ७८ प १२९० नम्बरको स्कुटरसहित पक्राउ गरेको हो । स्कुटरको डिक्कीभित्र लुकाई राखेको अवस्थामा कटुवा पेस्तोल एक थान फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीले तार १३ बण्डल, पानी तान्ने मेसिन १० थान, ढलान फुटाउने मेसिन एक थान, फलाम काट्ने मेसिन तीन थान, मार्बल काट्ने मेसिन एक थान, पुटिन घोट्ने मेसिन एक थान, ह्यामर, पिलास, फलामको छिना फेला पारेकाले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



कागजपत्र |
