

सप्तरी-३ मा कांग्रेसका यादव विजयी

राजविराज – सप्तरी निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा पदमा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत मदनप्रसाद पराजुलीका अनुसार यादवले २६ हजार एक सय ६६ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ताराकान्त चौधरीले २२ हजार तीन सय मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै जनमत पार्टीका अनिश अन्सारीले १५ हजार एक सय १४ मत प्राप्त गरे ।

