चलचित्र ‘सत्यम’ टिमले २६ जना कलाकार छान्न अडिशन आह्वान


काठमाडाैं – चार वर्षपछि चलचित्र उद्योगमा फर्किन लागेका महानायक राजेश हमालको चलचित्र ‘सत्यम’ टिमले केहि भुमिकाको लागि अडिशन आह्वान गरेको छ । शंकर कार्कीको निर्देशनमा बन्ने यो चलचित्रको स्क्रिप्टमा लामो समय बसेपछि निर्माण टिमले चलचित्र निर्माण गर्ने घोषणा गरेको हो ।

चलचित्रमा अनुप विक्रम शाहीले खलनायकको भूमिकामा काम गर्ने पक्का भएको छ । निर्माण पक्षका अनुसार यो चलचित्रमा महानायक राजेश हमाल पनि फाइनल भएका छन् । तर, राजेश हमालले अहिलेसम्म चलचित्रको बारेमा केहि बताएका छैनन् ।

सोहि चलचित्रका लागि आवश्यक अरु कलाकार अन्र्तगत माघ १९ गते काठमाडौंमा अडिसन हुँदैछ । माघ २३ गते पोखरा, माघ २५ गते बुटवल र माघ २७ गते झापामा अडिसन हुने निर्माण पक्षको भनाई छ । देशभरबाट हुने अडिशनबाट २६ जना कलाकार छान्ने तयारी गरिएको छ ।

‘सत्यम’ को कथा रेशम सापकोटाले लेखेका हुन् । चलचित्रलाई उनैले निर्माण गर्न लागेका हुन्, एशोसियट निर्मातामा श्याम मल्ल र गणेश पौडेल रहेका छन् ।

त्यस्तै, सह–निर्माताहरु रेशम गौतम र कृष्ण अधिकारी रहेका छन् । चलचित्रमा कुटुम्ब ब्यान्डले थिम संगीत तथा ब्याकग्राउण्ड स्कोर दिने भएको छ । चलचित्रका गीतमा योगेश काजीको संगीत र गणेश पौडेलले सहायक संगीत श्रृजना रहनेछ ।

प्रतिक्रिया