अस्वाभाविक व्यवहार देखाउने मतदान अधिकृत पक्राउ


काठमाडौं – पश्चिम नवलपरासीबाट प्रहरीले मतदान अधिकृतलाई पक्राउ गरेको छ ।

मुख्य निर्वाचन अधिकृतसँग अस्वाभाविक व्यवहार देखाएर विवाद गरेको आरोपमा सुनवल नगरपालिका-११ स्थित वाक्वाणी माध्यमिक विद्यालय सेमराह मतदानस्थलमा खटिएका मतदान अधिकृत पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रामग्राम नगरपालिका-४ जितपुर घर भएर पाल्हिनन्दन गाउँपालिका पशु शाखामा कार्यरत ५६ वर्षीय पृथ्वीराज चौधरी छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री बुझ्ने क्रममा मापसे गरेर उनले मुख्य निर्वाचन अधिकृतसँग विवाद गरेको पश्चिम नवलपरासीका डिएसपी भोजराज पाण्डेयले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतले उनको सट्टामा वैकल्पिक मतदान अधिकृत नियुक्त गरेका छन् ।

प्रतिक्रिया