करेन्ट लागेर जुम्लामा एक जनाको मृत्यु, एक घाइते


जुम्ला – जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । तातोपानी गाउँपालिका वडा नम्बर ५ श्रीनगर गाउँमा करेन्ट लागेर १७ वर्षीय राजेश रावतको मृत्यु भएको हो ।

सोही वडाका २३ वर्षी शंखु चौलागाई घाइते भएका छन् । बिजुलीको पोल गाड्ने क्रममा बिजुलीको तार छोएपछि करेन्ट लागेर मृत्यु भएको विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले बताए ।

प्रतिक्रिया