

‘डिसेम्बर फल्स’ फिल्मको टिजर सार्वजनिक

काठमाडाैं – नेपाली फिल्म ‘डिसेम्बर फल्स’को टिजर रिलिज गरिएको छ ।
आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्मको १ मिनेट १५ सेकेण्ड अवधिको टिजर बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो ।
प्रविण झाको निर्देशनमा बनेको ‘डिसेम्बर फल्स’ पुस १५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ । शिवहरी पौड्याल, नगेन्द्र रिजाल, सलोन बस्नेत, नरेश भट्टराई, शिशिर राणा लगायतको समेत फिल्ममा अभिनय छ ।
रामप्रसाद रिजाल प्रस्तुतकर्ता एवं निर्माता रहेको यस फिल्मका लागि आर्यन र उपासनाले निकै मेहनत गरेको टिजरमा देख्न सकिन्छ ।

