

ज्योती मगरले देखाएको ‘अन्डर बुब’को चर्चा

काठमाडौं– प्रायः क्लिभेज देखाएका कारण चर्चा र विवादमा आउने गायिका, मोडल ज्योती मगर यस पटक भने ‘अन्डर बुब’ तस्बिरका कारण चर्चामा आइन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो तस्बिर राखेर सेक्सी हुनुबारेको चर्चा मात्र गरेकी छैनन्, अंग्रेजीमा अश्लील शव्दको पनि प्रयोग गरेकी छन्।
उनका फेसबुकका फ्यान र साथीहरूले आलोचना र समर्थन गरेका छन्। उनले लेखिन्,‘म सेक्सी हुन रोक्न सक्दिनँ । यो मेरो रगतमा छ । यदि यसलाई तपाईले सहजै लिन सक्नु हुन्न भने यो तपाईको समस्या हो ।’
यो तस्बिरमा प्रतिक्रिया जनाउने क्रममा लेखनमा पनि सक्रिय रहेका दिल निशानी मगरले भनेका छन्,‘नो प्रोब्लम माई डियर, इट्स ओके।’
एक जना समर्थक मलिन बानियाँले पनि ज्योतीको प्रशंशका गर्दै लेखेका छन्,‘सही हो दिदि सही तपाईको अधिनमा रहेको हरेक कुरा तपाइकै हो। मर्जी हो जे गर्नुस् थोरै देखाउनुस, धेरै देखाउनुस् हामी त तपाइको गायकी र कलाकारिताको फ्यान हो।’
कतिपयले भने आलोचना पनि गरेका छन्। रवि कार्की तस्बिरबारे लेख्छन्,‘कपडा थोरै माथि उचाल्नुको अर्थ के हो दिदी बुझिन मैले। यस्तै उस्तै उपद्रोवाला तस्बिरले गर्दात होनी बलात्कारको घटना घट्ने होइन र?’

