निर्वाचन खारेजको माग राख्दै विप्लव नेकपाको राँके जुलुस


बझाङ – ​मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन खारेज गर्नुपर्ने माग राख्दै विप्लव नेतृत्वको नेकपाले बझाङको सदरमुकाम चैनपुरमा राँके जुलुस निकालेको छ।

अहिले साँझ एमसिसी मतियारहरूलाई चुनाव प्रणालीमा सहभागी गराई देशलाई भड्खालोमा हाल्ने काम भएको भन्दै विप्लव नेतृत्वको नेकपाले राँके जुलुस निकालेको हो।

देशमा राष्ट्रघाती सम्झौता गर्ने यी दलहरूलाई नेपाली जनताले अब उप्रान्त मतदान नगर्न पनि विप्लव नेतृत्वको नेकपाले आग्रह गरेको छ।

प्रतिक्रिया