सीसीटीभी क्यामरा तोडफोड गर्ने दुई युवक पक्राउ, एक फरार


जाजरकोट – जाजरकोट सदरमुकाम खलंगामा सीसीटीभी क्यामरा तोडफोड गर्ने दुई युवक पक्राउ परेका छन् । भेरी नगरपालिका- ४ का सुदीप खड्का र मदनराज शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

भेरी नगरपालिका-४ रानागाउँस्थित सार्वजनिक बाटोमा राखिएको सीसीटीभी क्यामरा तोडफोड गरेर भागेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रमुख सन्तोष निरौलाले बताए ।

तोडफोडमा संलग्न कुशे-२ का भरत बुढा फरार रहेका छन् । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतले सात दिनको म्याद दिएर अनुसन्धान गर्न आदेश दिएको छ। फरार रहेका बुढाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया