पाकिस्तानका पुर्वप्रधानमन्त्री इमरान खानमाथी गोली प्रहार


नयाँ दिल्ली – पाकिस्थानका पुर्व प्रधानमन्त्री इमरान खानमाथी गोली प्रहार भएको छ । आज (बिहीबार) गुजरानवालामा पाकिस्तानका ए इन्साफ पार्टीको लङ् मार्च को समयमा एक आक्रमणकारीले उनको कन्टेनरमा गोली चलाउँदा पाकिस्तानका पूर्व प्रधानमन्त्री  खान घाइते भएका छन् ।

गोली लागी घाइते भएका उनलाई अस्पताल लगिएको छ । गोलीबारीमा पीटीआई नेता फैसल जावेद लगायत कैयौं व्यक्ति घाइते भएको भारतिय डन न्यूजले जनाएको छ । आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । पुर्वप्रधानमन्त्री खान सुरक्षित रहेको स्रोतले पुष्टि गरेको छ।

धेरै पाकिस्तानी टेलिभिजन च्यानलहरूमा चलाइएको टेलिभिजन फुटेजमा इमरान घाइते भएको र घटनास्थलमा उपस्थित अन्य व्यक्तिहरूले उनलाई कारमा राखदै गरेको दृष्य देख्न सकिन्छ । फुटेजमा खानको खुट्टामा पट्टी बाँधिएको देखाइएको छ।

गोली हानाहानको घटनालाई ध्यानमा राख्दै पञ्जाबका मुख्यमन्त्री परवेज इलाहीले प्रान्तीय आईजीपीलाई विस्तृत छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्।

प्रतिक्रिया