पहिले भतिजालाई गोली हाने, त्यसपछि आफैँमाथि गोली चलाए र ज्यान फाले


बिर्तामोड- झापाको गौरादह ८ मा गोली चल्दा एक जनाको मृत्यु भएको छ । आफैँले चलाएको गोली लागेर स्थानीय बिरेन साहको मृत्यु भएको हो ।

मंगलबार साँझ भएको घटनामा साहका १३ वर्षका भतिजा घाइते भएका छन् । उनको कम्मरमुनि गोली लागेको छ । घाइते उनको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लेनदेनको विवादमा बिरेनले गोली प्रहार गरेको र पछि आफूलाई पनि गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गौरादह ८ का वडाध्यक्ष गणेश राजवंशीले घटनापछि गाउँमा त्रास छाएको बताएका छन् ।

 

प्रतिक्रिया