
ओलीको स्वास्थ्यमा समस्या, भेटघाट कार्यक्रममा अनुपस्थित
काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । ओलीलाई रुघाखोकी र ज्वरो आएको बताइएको छ ।
मंगलबार चुनावी कार्यक्रमका लागि झापा पुगेका ओलीलाई रुघाखोकीको ज्वरो आएको एमाले झापा ५ (क) का उम्मेदवारसमेत रहेका हिक्मत कार्कीले बताए ।
रुघाखोकीको ज्वरो आएर ओली आज भेटघाट तथा अन्य कार्यक्रममा जान नसकेको उनले बताए । आज ओलीले दमकस्थित निवासमै आराम गरेका थिए ।



कागजपत्र |
