

‘पठान’ चलचित्रको शुटिङमा कुटाकुट, शूटिङ रोकीयो

मुम्बई – बलीउडका सुपर स्टार शाहरुख खान र दिपीका पादुकोण ६ बर्ष पछी पुनः नँया फिल्ममा देखीने भएका छन् । बलीउडमा शाहरुख र दिपीकाको जोडी सर्वाधिक हिट जोडीका रुपमा चिनिन्छन् । ह्याप्पी न्यू इयर पछी अब शाहरुख र दिपीकाको जोडीलाई फिल्म ‘पठान’ मा देख्न सकिने छ । यतीखेर पठानको शुटिङ चलिरहेको छ ।
पठान पछिल्लो केहि दिनदेखि चर्चामा छ । फिल्मको सेटमा शूटिङको क्रममा झगडा परेको खबर बाहिरिएको छ । झगडाको क्रममा निर्देशक सिद्धार्थ आनन्दलाई एक जना असिस्टेन्ट डायरेक्टरले थप्पड लगाएका छन् । बलिउड हंगामाका अनुसार सिद्धार्थ आनन्दले कुरा नटेरेको कारणले शुरु भएको विवाद कुटाकुटमा परिर्वतन भएको थियो ।
सिद्धार्थ आनन्द सेटमा धेरै आक्रोशित हुन्छन् सेटमा मोवाईल चलाएको विषयमा असिस्टेन्टसंग सिद्धार्थको चर्को विवाद भएको र असिस्टेन्टले सिद्धार्थलाई लगातार गाली गरेपछी सिद्धार्थले असिस्टेन्टलाई थप्पड लगाइदिए, तर त्यसको तुरुन्तै असिस्टेन्टले पनि जवाफमा सिद्धार्थलाई पनि थप्पड नै फिर्ता गरे । झगडाको कारण शूटिङ नै रोकीएको थियो ।
पठान यशराज ब्यानरको निर्माणमा बन्न लागेको एक्सन फिल्म रहेको छ । चलचित्रमा नायक सलमान खानको पनि केमियो भूमिका हुनेछ । चलचित्रमा जोन एब्राहम भिलेनको भुमिकामा रहेको छन् । यसमा जोन र दीपिकाले चर्को पारिश्रमिक लिन लागेको पनि खुलेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, जन एब्राहमले २० करोड रूपैयाँ पारिश्रमिकस्वरुप लिएका छन् भने दिपिकाले १५ करोड पारिश्रमिक लिएर काम गर्ने पक्का भएको छ ।

