
भारतबाट बच्चा चोरी गर्ने समूह नेपाल आएको खबर भ्रामक
काठमाडाैं – भारतबाट बच्चा चोरी गर्ने समूह नेपाल आएको खबर भ्रामक भएको प्रहरीले जनाएको छ । जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने समूह नेपाल भित्रिएको दाबीसहित फैलाइएको भ्रामक सूचनाबारे नेपाल प्रहरीले ध्यानाकर्षण भएको जनाएको हो ।
प्रहरीले सामाजिक सञ्जालमा पोष्ट भएको भ्रामक प्रचारमा उल्लेख भएझै देशभर रहेका कुनैपनि प्रहरी कार्यालयहरूमा त्यस्ताखाले उजुरी र सूचना नआएको जनाएको छ । साइबर ब्युरोले सोमबार जारी गरेको एक अनुरोध पत्रमा त्यस्तो भ्रामक प्रचारमा विश्वास नगर्न सम्पूर्ण नागरिकहरूमा अनुरोध गरिएको छ ।




कागजपत्र |
